काठमाडौं, ६ भदौ । महालक्ष्मी विकास बैंकले सिप्रदि ट्रेडिङसँग सम्झौता गरेको छ । बैंकले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदि ट्रेडिङसँग सम्झौता गरेको जनाएको छ ।
सम्झौता पछि सिप्रदि ट्रेडिङबाट ग्राहकहरुले टाटा ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंक मार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ ।
यसैगरी, बैंकका ग्राहकहरुलाई अधिकतम ५ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ७० प्रतिशतसम्म कर्जा प्रवाह गरिनेछ ।
देशका १०३ वटा शाखाहरुबाट ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकका सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपलब्ध हुने छ ।