काठमाडौं, ६ भदौ । हिमालयन बैंकले नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघसँग व्यावसायिक सम्झौता गरेको छ । सम्झौता पछि बैंकले नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका सदस्यहरुलाई एसएमइ अन्तर्गत १२ करोडसम्मको विशेष कर्जा प्याकेज दिने भएको छ ।
बैंकले न्युनतम ब्याज दर, कर्जा शुल्क, प्रतितपत्र वा बैंक जमानत जारी गर्न नगद मर्जिन र कमिसनमा बैंक जमानत जारी गर्ने भएको छ। बैंकका अनुसार यो सम्झौता २०७८ साल भाद्र ४ गते शुक्रबार देखि लागु भएको छ ।
उक्त सेवा सो महासंघका सदस्यहरुले बैंकको काठमाण्डौ उपत्यका भित्र र बाहिर रहेका सम्पुर्ण शाखा कार्यालयहरुबाट सहज रुपमा प्राप्त गर्न सक्ने जनाइएको छ ।
हाल बैंकले ७१ शाखाहरु, १४६ एटिएम र ५००० भन्दा बढी पिओएस मसिनहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।