Logo

कर्णालीका कृषकलाई सहुलियतपुर्ण कृषि कर्जा उपलब्ध गराउने



काठमाडौं, ६ भदौ । सेञ्चुरी कमर्सियल बैंक र कर्णाली प्रदेशको भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबीच सम्झौता भएको छ । मन्त्रालयले कार्यान्वयनमा ल्याएको “व्यावसायिक कृषि तथा पशुपन्छी पालन व्यावसायको लागि ब्याज अनूदान कार्यक्रम कार्यविधी, २०७६” कार्यान्वयनमा ल्याउन मन्त्रालय र बैंकबीच सम्झौता भएको जनाइएको छ ।

सम्झौता पछि कर्णाली प्रदेश अन्तर्गत रहेका सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका विभिन्न शाखाहरुवाट व्यावसायिक कृषकहरुले सहुलियतपुर्ण कृषि कर्जा प्राप्त गर्न सक्ने छन् ।

उक्त सम्झौता पत्रमा मन्त्रालयको तर्फबाट कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.राजेन्द्रप्रसाद मिश्र तथा बैंकको तर्फवाट कृषि तथा विपन्न वर्ग कर्जा विभागका प्रमुख प्रवीन कुमार दाहालले हस्ताक्षर गरेका हुन् ।

हालसम्म बैंकले १२६ शाखा १० एक्सटेन्सन काउन्टर, २२ शाखा रहित बैंकिङ्ग र ९२ एटिएम मार्फत वित्तीय सेवा दिँदै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्