Logo

वामदेवको सचिवालयले भन्यो : नेकपा (एकीकृत समाजवादी) पार्टीमा वामदेव गैसकेको भन्नु उहाँको चरित्र हत्या गर्नुबाहेक केही होईन



काठमाडौं, ६ भदौ । नेकपा (एमाले) का नेता वामदेव गौतम माधव नेपालको नयाँ पार्टीमा गएको भन्ने हल्लामा कुनै सत्यता नभएको सचिवालयले स्पष्ट पारेको छ । दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिईएको नेकपा (एकीकृत समाजवादी) पार्टीमा नेता गौतमको नाम समावेश गरिएको थियो । तर, गौतमको सचिवालयको नाममा दीपक टमाटाले आज एक विज्ञप्ती जारी गर्दै गौतम अहिले एमालेमै रहेको स्पष्ट पारेका छन् ।

टमाटाले लेखेका छन्–”आजकल केही दिन देखि विभिन्न पत्र पत्रिका र सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जाेडेर मन्त्री बन्दैहुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेकाे भन्दै फाेटाे सहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही हाेईन । क.वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले) को नेतृत्वको कार्याशैली प्रती लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वभाविक हो । तसर्थ अन्य खाले प्रचार प्रसार मा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु । ६ भदौ,२०७८  स्वकीय सचिवालय, वामदेव गौतम ।”



प्रतिक्रिया दिनुहोस्