Logo

नबिल बैंकले गर्यो मुक्तिनाथ विकास बैंकसँग सम्झौता



काठमाडौं, भदौ । नबिल बैंक र मुक्तिनाथ विकास बैंकबीच सम्झौता भएको छ । दुईबीच ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको हो ।

सम्झौतापछि मुक्तिनाथ विकास बैंकका ग्राहकले नबिल बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट अक्सेप्टेन्स र लोकल बैंक ग्यारेन्टी जस्ता सुविधाहरु उपभोग गर्न सक्नेछन् ।

यो सहकार्यबाट मुक्तिनाथ विकास बैंकको ग्राहकहरुले आधुनिक बैंकिङ सुविधाहरु उपभोग गर्ने अवसर प्राप्त गर्नेछन् भने सम्झौतापश्चात् दुई बैंकबीच निक्षेप, रेमिट्यान्स, निर्देशित क्षेत्रमा लगानी, सह–वित्तीयकरण कर्जा, विदेशी मुद्रासम्बन्धी अन्य कारोबार समेत अगाडी बढाउने लक्ष्य राखेको जनाइएको छ ।

नबिल बैकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नबिल बैंकले यस सहकार्यको माध्यमबाट मुक्तिनाथ विकास बैंकको ग्राहकहरुलाई विस्तारित बैंकिङ सुविधा प्रदान गर्न पाउँदा खुसी लागेको बताए ।

नबिल बैंकसँग भएको यस सम्झौताले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले आउँदा दिनहरुमा प्रतीतपत्र, बैंक जमानत, डिमान्ड ड्राफ्टलगायतका वैदेशिक व्यापारमा प्रयोग हुने विभिन्न उपकरणहरु मुक्तिनाथ विकास बैंकका शाखाहरुबाट नै प्राप्त गर्ने भएकाले वैदेशिक व्यापारमा संलग्न ग्राहकलाई समग्र बैंकिङ सेवा लिन सुविधा पुग्ने मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बताए ।



प्रतिक्रिया दिनुहोस्