काठमाडौं, ७ भदौं । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले उक्त गीतको सपलताको कामना गरेका छन् । उनले भने,‘कलाकर्मी साथीहरुले यो गीत ल्याउनुभएको छ, यसमा मेरो शुभकामना छ । बास्तवमा गीत, संगीतमार्फत हुने सञ्चार शक्तिशाली हुन्छ । कम्युनिष्टहरुले धेरै अगाडिदेखि संगीतमार्फत भावना जनतामा पुर्याए । संगठन निर्माण गरे । यद्धपी उनीहरुको राजनीतकि व्यवहार भने उल्टो थियो । जनता सरल थिए । सोझा थिए, त्यसैले उनीहरुको कुरालाई केही समय त पत्याए ।’
डिबी गुरुङको रचना, संगीत तथा स्वर रहेको ‘आयौं हामी चारतारे बोकेर, जय नेपालको सलाम ठोकेर’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक कार्यक्रममा बोल्दै डा. महतले एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा बहुमतसहित सरकारमा आएपनि सरकारको नेतृत्व गरेको व्यक्तिले कामभन्दा बढि गफ गरेको स्मरण गराए । उनले भने,‘त्यो सरकारबाट आश्वासनको पोका मात्रै बाँड्ने काम भयो । बोल्ने एउटा अनि गर्ने अर्कै गरे, त्यो मिथ्या रहेछ । जनतालाइृ झुकाउने काम मात्रै गरे । हामी कांग्रेस काम गर्छौं । तर, जनतामा यो पुग्दैन् । तर, कम्युनिष्टहरु भने हामीले गरेको भन्दै जनतामा पुग्छन् ।’
महतले आगामी निर्वाचनमा जनताको मन छुने गीत÷संगित लिएर जानुपर्ने बताए । उनले भने,‘हामीले त काम नै गरेको हो नि । जनताको सेवामा केन्द्रित भएर कांग्रेस समर्पित हुनुपर्छ । भाषणको जति प्रभाव हुन्छ, त्यो भन्दापनि सयौं गुण बढि प्रभाव गीत तथा संगितको हुन्छ । अहिले कांग्रेको सरकारले यसअघिको सरकारले बिगारेको राजनीतिलाई सही ट्रयाकमा ल्याएको छ। हाम्रो यो सरकार आकाश र पातालको कुरा गर्दैन । बरु, जनताको आवश्यकत्ता प्राथमिकतमा केन्द्रित भएर काम गर्छौं । यही प्रण प्रधानमन्त्रीज्यूले गर्नुभएको छ ।’
उनले प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडबाट देश र जनतालाई बचाउने भनेर सार्वजनिक रुपमै प्रतिबद्धता व्यक्त गरेको सुनाए । उनले भने,‘उहाँले सबै जनतालाई खोप सुनिश्चित् गरेर संक्रमणबाट मुक्त गर्नुपर्छ भन्नुभएकोछ । सामाजिक जीवन सहज बनाउने दायित्व हो । भ्रष्टाचारको न्यूनीकरण गर्ने हो । कांग्रेस फरक हो भनेर देखाउँछौं । संस्थागत भ्रष्टाचारको अन्त्य र व्यक्तिगत लोभलालच पनि गलत हो भनेर देखाउँछौं । साधन र स्रोतले भ्याएसम्म हामी काम गर्छौं ।’
कांग्रेसले कमयुनिष्टबाट सिक्ने दुई वटा कुरा भएको पनि उनले उल्लेख गरे । पहिलो कुरा भनेको संगठन निर्माण र अर्को प्रचार भएको उनको भनाई छ । उनले भने,‘हामीले कम्युनिष्टलेजस्तो झुठो प्रचार गर्न आवश्यक छैन् । तर, गरेको कामको प्रचार त गर्नुपर्यो नि ।’ भएको छ । गीतमा गुरुङको साथै अर्जुन सुनाम र टिका पुनको पनि स्वर रहेको छ ।