एजेन्सी, ७ भदौ । तालिवानले आफ्ना नागरिकलाई उद्धारगर्ने कार्य नलम्ब्याउन अमेरिकालाई चेतावनी दिएको छ । तलिवानका प्रवक्ता सुहाइल शहिनले अगस्त ३१ भन्दापछि उद्धारकार्य नलम्ब्याउन चेतावनी दिदै त्यसो नभए परिणाम भोग्नुपर्ने बताएका छन् ।
उनले अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो फौजलाई सो मितिसम्म फिर्ता लाने बताएको भन्दै मिति लम्ब्याउनु भनेको अफगानिस्तान कब्जा गरिरहनु भएको तालिबानले जनाएको छ । अमेरिकी राष्ट्रपति बाइडनले पनि निर्धारित मितिसम्म अमेरिकी फौज फिर्ता गर्ने बताउँदै आएका छन् ।
त्यसैगरि मंगलबार बस्ने जी सेभेनको आकस्मिक बैठकमा बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले काबुल एरपोर्टबाट उद्धार गर्न थप समय उपलब्ध गराउन अमेरिकी सेना फिर्ता गर्ने कार्यमा ढिलाई गर्न अमेरिकी राष्ट्रपतिलाई आग्रह गर्ने अपेक्षा गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यम बिबिसीमा उल्लेख गरिएको छ ।-Photo: Agency