Logo

एमालेका लागि ढोका बन्द भयोः नेपाल



काठमाडौं, भदौ ९ । नेकपा एमालेबाट विद्रोह गरेर नयाँ दल नेकपा एकीकृत (समाजवादी) दर्ता गरेका माधवकुमार नेपालले आफूहरूका लागि एमालेको ढोका बन्द भएको बताएका छन्।

राजधानीको चन्द्रागिरिमा मंगलबार पत्रकार सम्मेलन गर्दै उनले भने– ‘एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी पार्टी कब्जा गर्ने स्थिति आइसकेपछि, एकताको ढोका बन्द गर्दै १४ जना सांसदहरुलाई कारबाही र निष्कासन गरेपछि त्यो ९एमाले० पार्टीको ढोका हाम्रा लागि बन्द भयो ।’

उनले आफूहरुसामु अरू कुनै विकल्प बाँकी नरहेको जिकिर गर्दै भने–‘निष्कासित भइसकेपछि कि हामीले घुँडा टेकेर चुप लागेर बस्नुपथ्यो, कि अर्को क्रान्तिकारी पार्टी निर्माण गर्नुपथ्र्यो ।’ दुईपटक प्रतिनिधिसभा विघटन गर्नेदेखि लिएर कुर्सीमा आफ्नो मात्र हक भएको ठान्ने ओलीमा बढेको अहंकारका कारण पार्टी विभाजित हुन पुगेको बताए ।

ओली दक्षिणपन्थी र अवसरवादी भासमा भासिएको टिप्पणी गर्दै उनले ओली पार्टीको नीति, सिद्धान्तविपरीत संघीयता र धर्मनिरपेक्षताको विरुद्ध जान खोजेको उनको आरोप छ ।

नेपालले राजनीतिकरूपमा पनि ओलीमा विचालन आएको दाबी गर्दै नीति, विधि र आचरणमा समस्या हुँदा पार्टीमा ठूलो खाडल पैदा भएको आरोप लगाए । पार्टीभित्र ओलीले आफूलाई सर्वज्ञानी ठान्दै अरूलाई अत्यन्त अपमानित गरेको बताउँदै नेपालले भने, ‘प्रधानमन्त्रीको कुर्सी ताकेका छन्, यो कुर्सी नै भाँचिदिन्छु भन्दै प्रतिनिधिसभा नै विघटन गरिदिनुभयो ।’

गत फागुन २८ गतेपछि उहाँले चालेका कदमकै कारण पार्टी विभाजित हुन पुगेको बताउँदै उनले ओलीको प्रशंसा नगर्ने, ‘बा’ नभन्ने, पूजक नहुने सबैलाई ओलीले शत्रु र विरोधी ठान्ने गरेका कारण पार्टीभित्र ठूलो समस्या देखिएको टिप्पणी गरेको आजको नेपाल समाचारपत्र दैनिकमा मधुसूदन रायमाझीले खवर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्