काठमाडौं, १० भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रति कठोर देखिएका छन् । उनले आज नयाँ पार्टी गठन गरेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमसीसी संशोधनसहित मात्र पारित गर्नुपर्ने बताएका हुन् ।
‘एमसीसी कमरेड झलनाथ खनालको नेतृत्वको कमिटीले दिएको प्रतिवेदनका आधारमा संशोधनसहित बढ्नुपर्छ,’ नेता नेपालले भने । उनले एमसीसीप्रति संकेत गर्दै कुनैपनि विदेशी सहयोग एक अर्का देशविरुद्ध प्रयोग हुन नहुनेमा सचेत रहेको समेत बताए ।
एमसीसी शेरबहादुर देउवा नेतृत्वको सरकारले पारित गर्ने विषय चर्चामा रहँदा नेता नेपालको भनाई सार्वजनिक भएको हो । एमसीसी विना संशोधन पारित गर्न नहुने पक्षमा नेपाल पनि देखिएका छन् ।
–Photo By: Mukunda Kalikote/reportersnepal