Logo

बुढानिलकण्ठमा एभरेष्ट बैंकको शाखा विस्तार



काठमाडौं, ११ भदौ । एभरेष्ट बैंक लिमिटेडले काठमाडौंको बुढानिलकण्ठमा १०५ औं शाखा संचालनमा ल्याएको छ । एभरेष्ट बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा.सन्धिर कुमार र बुढानिलकण्ठ नगरपालिकाका वडा न.३ का वडाध्यक्ष बाल कृष्ण श्रेष्ठले नयाँ शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उक्त उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य दिपक काजी तुलाधर, एभरेष्ट बैंक बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

यसै उद्घाटन समारोहमाका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. सन्धिर कुमारले बुढानिलकण्ठको बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन दिएका छन् ।
यस बैंकमा हालसम्म करीब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा संजाल, प्रादेशिक कार्यालय, १३७ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्