Logo

हिमालयन बैंकको गंगालाल अस्पताललाई ६ लाख ९२ हजार सहयोग



काठमाडौं, ११ भदौ । हिमालयन बैंकले शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरुका लागि वार्डहरु मर्मत–सम्हार गरी उचित सेवा प्रदान गर्न ६ लाख ९२ हजार ९६२ बराबरको आर्थिक सहयोग गरेको जनाएको छ ।

बैंकले अस्पतालमा भएको उक्त वार्ड जिर्ण भएकोले सेवाग्राही तथा चिकित्सकहरुका लागि समेत समस्या परेकोले बैंकले उक्त वार्ड मर्मत संहार गरी हस्तान्तरण गरेको जानकारी दिएको छ ।

बैंकका तर्फबाट महाप्रबन्धक सुशील जोशी र महाराजगंज शाखा प्रबन्धक अभय बहादुर शाहले अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि आधिकारीको उपस्थितिमा उक्त वार्डको समुद्घाटन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्