Logo

मुख्यमन्त्री राउतसँग खटपटपछि अर्थमन्त्री यादवलाई कृषिमा



जनकपुर, १३ भदौ । प्रदेश नम्बर २ मा मुख्यमन्त्री लालबाबु राउत र मन्त्री विजय यादवबीच द्वन्द्व चर्किएको छ । उनीहरुबीच चर्किएको द्वन्द्वले यादवलाई अर्थबाट कृषिमा सारिएको छ ।

मुख्यमन्त्री राउतले आजै विजय यादवलाई अर्थबाट हटाएर शैलेन्द्र शाहलाई जिम्मेवारी दिएका छन् । शाहले जिम्मेवारी सम्हाल्दै आएको कृषि मन्त्रालयमा विजय यादवलाई लगिएको छ ।

बजेटमा विजय यादवले मुख्यमन्त्रीसँग सम्बन्धित कतिपय बजेटहरु कटौती गरिदिएका थिए । यो कदमबाट राउत रुष्ट थिए ।

यसैगरी, केही दिनमै प्रदेश २ मा मन्त्रिमण्डलमा हेरफेर हुने भएको छ । जसपा विभाजनपछि आन्तरिक व्यवस्थापन गर्न पुराना हटाएर नयाँलाई मन्त्री बनाइने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्