काठमाडौं, १४ भदौ । नेपाल एसबिआई बैंकले सिप्रदी ट्रेडिङसँग कर्जा छुट दिनेबारे सम्झौता गरेको छ । सम्झौतापछि सिप्रदीका ग्राहकले टाटागाडीको खरिदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने भएको हो ।
उक्त सम्झौतामा बैंकका रिटेल तथा एसएमई प्रमुख बद्रीलाल अमात्य तथा सिप्रदी ट्रेडिङका बिक्री तथा प्रबर्धन महाप्रबन्धक अनुपमनि ढकालले हस्ताक्षर गरेका हुन् ।
उक्त समारोहमा बैंकका प्रमुख कर्जा अधिकृत विनोदकुमार ढुंगेलका साथै सिप्रदी ट्रेडिङका अन्य उच्चपदस्थ कर्मचारी उपस्थित थिए ।
यस बैंकले ८८ शाखा, १९ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटीएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।