एजेन्सी, १४ भदौ । तालिवानका प्रवक्ताको नामबारे सबै जानकार थिए । तर, उनको मुहार कस्तो होला भन्ने धेरैको चासो थियो । अगष्ट १५ मा तालिवानले अफगानिस्तान कब्जा गरेपछि तालिवानका प्रवक्ताको भूमिगत जीवन सकियो । उनी सार्वजनिक भए । उनीसँग धेरैले अडियो अन्तर्वार्ता लिएका थिए । तर, दृश्यसहितको अन्तवार्ता कसैले लिएका थिएनन् । कुनैपनि पत्रकारले प्रत्यक्ष भेटेका पनि थिएनन् ।
सार्वजनिक भएपछि तालिवानका प्रवक्तासँग पहिलो अन्तर्वार्ता लिने टोलो न्युजकी बेहेस्था अर्घान्ड हुन् । उनले अफगानिस्तान छाडेकी छिन् । उनले तालिवानका प्रवक्तासित पहिलो अन्तर्वार्ता लिएपछि विश्व जगत मै चर्चा कमाएकी थिइन् ।
तालिवानी प्रवक्ताले पहिलोपटक महिला प्रस्तोतालाई अन्तर्वार्ता दिएको विषय निकै चर्चाको विषय बन्यो । तालिवानका प्रवक्ता सित अन्तर्वार्ता लिएको महिलाले दुई दिन पछि नोवेल पुरस्का विजेता मलालाको अन्तर्वार्ता समेत लिएकी थिइन् । नयाँयुगको तालिवानसित अन्तर्वार्ता लिन निकै कठिन भएको बताएकी थिइन् ।
२४ वर्षीया बेहेस्था अर्घान्डको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम सीएनएनले लेखेको छ,‘मैलै देश छाडनुको कारण तालिवानको त्रास हो । अन्य अफगानी जस्तै मलाई पनि उत्तिकै त्रास र भय छ । मैलै लिएको अन्तर्वार्ता इतिहास बनेको छ । मैले लिएको पहिलो अन्तर्वार्तामा तालिवानका प्रवक्तालाई महिला अधिकार, काम, सुरक्षालाई मध्यनजर गरी प्रश्न सोधेको थिए । अन्तर्वार्ता मेरो लागि निकै कठिन थियो । तर, उक्त अन्तर्वार्ता अफगानी महिलाहरुको हकअधिकारको लागि लिएको थिए ।’
उनले आफ्नो परिवारका सदस्यहरुसित कतारी एयरफोर्सको विमानको माध्यमबाट अफगान छाडेकी छ्न् ि। तालिवाले आफ्नो र सम्पूर्ण महिलाको सुरक्षा, कामकाजको नीतिलाई प्राथ्मिकतामा राखेपछि मात्र अफगानिस्तान फर्किने सीएनएनमा उल्लेख गरिएको छ ।