ओखलढुंगा, १५ भदौ । महिलालाई जबरजस्ती करणी गर्ने २९ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका ११ बस्ने २९ वर्षीय यौवन ताम्राकारलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
विद्यालयबाट घर फर्किँदै गरेको अवस्थामा ताम्राकारले सोही ठाउँस्थित घुन्सा डाँडामा लगि २०७७ चैत ११ गते जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।