काठमाडौं, १५ भदौ । बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छिन् । मन्त्रीसहित १२ जना सांसदले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दल रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् । निर्वाचन आयोगले भदौ २२ गतेसम्म दल रोज्नको लागि स्थानीय जनप्रतिनिधि र प्रदेश सांसदहरुलाई समय दिएको थियो ।
सांसदहरु राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, वसुन्धरा हुमागाईं, वसन्त मानन्धर, रमा आलेमगर, कुसुम कार्की, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, मनु सिग्देल, माधव पौडेल र कृष्ण खनालले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । उनीहरुको सनाखत पनि भएको छ । file photo