Logo

राष्ट्र बैंकले भित्रायो पुरानो नोटबाट ब्रिकेट बनाउने प्रविधि



काठमाडौं, १५ भदौ । नेपालमा प्रयोग गर्न नमिल्ने पुराना, झुत्रो, मैलो तथा च्यातिएका नोटलाई जलाई ब्रिकेट बनाउने प्रविधि भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले नेदरल्यान्डस्बाट पहिलोपटक भित्र्याइएको उक्त प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर निस्कने खरानीबाट इन्धनका रूपमा प्रयोग हुने ब्रिकेट बनाउने भएको हो । प्रयोग गर्न नमिल्ने नोटलाई विगतमा जलाएर नष्ट गरिन्थ्यो ।

राष्ट्र बैंकले देशको एक कम्पनीसँग सन् २०२० भएको सम्झौताअनुसार आठ मेशिन ल्याउने सहमति गरेको थियो । सोही सहमति अनुसार आइपुगेका चार मेशिनबाट पहिलो चरणमा काठमाडौं, विराटनगर, वीरगञ्ज र नेपालगञ्जमा जडान गरी जलाइएका नोटबाट ब्रिकेट उत्पादन गर्ने जनाएको छ ।

उक्त मेशिनबाट काठमाडौंमा ब्रिकेट उत्पादन गर्न सुरु गरिएको बैंकले जनाएको छ भने अब नेपालगञ्जलगायत केही स्थानबाट उत्पादन हुने भएको छ ।

असोजसम्म बाँकी चारवटा मेशिन पनि झिकाई जनकपुर, पोखरा, भैरहवा र धनगढीबाट पनि उत्पादन सुरु बैंकको योजना रहेको छ ।
प्रयोगमा ल्याउन नमिल्ने नोटलाई जलाउन झन्झटिलो हुने तथा धुवाँधुलोले वातावरण प्रदूषण हुने भएकाले आधुनिक प्रविधिअनुसार धुलाउने र त्यसलाई अन्य प्रयोजनमा ल्याउन सकिने भएकाले बैंकले उपकरण खरिद गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस्