Logo

वाग्मती प्रदेश: सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले दिए पदबाट राजीनामा



काठमाडौं, भदौ १६ । भदौ २ गते वाग्मती प्रदेशको सामाजिक विकासमन्त्रीमा नियुक्त भएक कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन् ।

मन्त्री खनाल एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन मन्त्री भएका थिए । सोहि दिन केशवराज पाण्डेसमेत आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त भएका थिए। खनालले आज बिहान पदबाट राजीनामा दिएका हुन् ।

खनालले वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित नेकपा (एस) पार्टी रोज्दै मंगलबार सनाखत गरेका थिए ।

खनालसहित १२ जना सांसदहरुले नेकपा (एस) रोजेसँगै शाक्य नेतृत्वको प्रदेश सरकार गठन भएको करिब दुई हप्तामै अल्पमतमा परेको छ । ११० सदस्यीय वाग्मती प्रदेशसभामा बहुमतका लागि ५५ सांसद आवश्यक पर्छ । अब एमालेसँग ४४ सांसद छन् ।  खनाल चितवन २ (ख) का निर्वाचित सांसद हुन ।



प्रतिक्रिया दिनुहोस्