Logo

लक्ष्मी बैंकको सुनसरीको चिमडीमा नयाँ शाखा



काठमाडौं, १७ भदौ । सुनसरी जिल्लाको बर्जु गाँउपालिका–६ को चिमडीमा लक्ष्मी बैंकले नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १३५ औँ शाखा चिमडीमा संचालनमा ल्याएको जनाएको हो ।

यस शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

यस नयाँ शाखाको शुरुवातसँगै लक्ष्मी बैंकको शाखा संजाल ४९ जिल्लामा १३५ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६५ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्