Logo

नेकपा(एस)को संसदीय दलको कार्यालय स्थापना



काठमाडौँ, १७ भदौ: नेकपा (एकीकृत समाजवादी) पार्टीको आज संसदीय दलको कार्यालय स्थापना भएको छ ।

सो पार्टी प्रतिनिधिसभा संसदीय दलका नेता माधवकुमार नेपाल र राष्ट्रियसभा संसदीय दलका नेता वेदुराम भुसालले आ–आफ्नो जिम्मेवारी सम्हालेको सांसद कल्याणीकुमारी खड्काले जानकारी दिईन् ।

आइतबार बसेको संसदीय दलको बैठकले सर्वसम्मतरूपमा उनीहरु संसदीय दलको नेतामा चयन गरेको थियो । यही भदौ ९ गते निर्वाचन आयोगबाट नेकपा (एकीकृत समाजवादी)ले नयाँ दलको मान्यता पाएको थियो ।-रासस



प्रतिक्रिया दिनुहोस्