काठमाडौं, भदौ १८। काठमाडौं महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधनमा आज शोक विदा दिईएको छ ।
नर्भिक अस्पतालमा उपचारका क्रममा ६५ वर्षीय श्रेष्ठको बिहीबार निधन भएको हो। उनी खानानलीको क्यान्सरबाट पीडित थिए।
वडाध्यक्ष श्रेष्ठको निधनमा शुक्रबार महानगरपालिकाका सबै कार्यक्रम स्थगित गरिएको र सबै कार्यालयहरू बन्द रहने महानगर प्रशासन विभागद्वारा सूचनामा उल्लेख छ । श्रेष्ठको निधनमा महानगरले महानगरभित्र शोक बिदा दिएको छ।
श्रेष्ठ २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई विजयी भएका थिए।