काठमाडौं, १८ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले आफूले नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्नको लागि मार्गदर्शक सिद्धान्तमा जबज राख्नुपर्छ भनेर शर्त राखेका छन् । तर, त्यो भन्दा बाहेक अर्को कुनै शर्त नराखेको गौतमको सचिवालयले जनाएको छ ।
गौतमको सचिवालयले सामाजिक सञ्जाल फेशबुकमार्फत लेखेका छ–‘क.माधव कुमार नेपालको अध्यक्षतामा रहेको नेकपा एकीकृत समाजवादी पार्टीमा हामी प्रवेश गर्नका लागि मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवादका साथै जनताको बहुदलीय जनवाद पनि रहनुपर्छ भन्ने एक मात्र शर्त बाहेक अरु कुनै शर्त क.वामदेव गौतमले राख्नु भएको छैन । अन्य सबै प्रकारका प्रचारवाजीहरु गलत भएको जानकारी गराइन्छ । स्वकीय सचिवालय, वामदेव गौतम ।”