काठमाडौं, १९ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच आज पनि भेटवार्ता भएको छ ।
आज (शनिवार) बिहान १० बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो । शुक्रबार साँझ पनि देउवा, प्रचण्ड र नेपालबीच करिब दुई घण्टा छलफल भएको थियो । मन्त्रालय भागबण्डाको विषयमा सहमति न जुट्दा शीर्ष तीन नेता निरन्तर छलफल गरिरहेका छन्। देउवा प्रधानमन्त्री भएको डेढ महिना बितिसक्ना पनि मन्त्री परिषद विस्तार गर्न नसक्दा सरकारको आलोचना भइरहेको छ ।-File photo