काठमाडौं, २० भदौ । महिला अधिकारवादीहरुले अफगानिस्तानको कबुलमा निरन्तर प्रर्दशन गरिरहेका छन् ।
उनीहरुले राजधानी काबुल र हेरत प्रान्तमा केही दिनयतादेखि सरकारमा आफ्नो सहभागिता हुनुपर्ने र बिना कुनै अवरोध काम गर्न पाउनुपर्ने माग गर्दै प्रर्दशन गरिरहेका छन् ।
महिला अधिकारवादीहरुले सरकारमा आफ्नो सहभागिता हुनुपर्ने र बिना कुनै अवरोध काम गर्न पाउनुपर्ने अधिकारको सुश्चितताको माग गरेका छन् ।तालिबानले भने महिलालाई सरकारमा सहभागिता गराइने बतए पनि मन्त्री भने नबनाइने जानकारी गराइसकेको छ ।-Photo: Agency