एजेन्सी, २० भदौ । अमेरिकाको मुटुमा प्वाल ११ सेप्टेम्बर सन् २००१ मा अमेरिकाको मुटुमा प्वाल परेको थियो ।
अमरिकाको मुटुमा प्वाल शिर्षकमा लस एन्जलस टाइम्सले आज सम्पादकीय लेखेको छ । विश्व व्यापार संगठनको जुम्ल्याहा भवनमाथि आतंकवादी हमलाले अमेरिकालाई ठूलो क्षति पुगेको विश्लेषण सम्पादकीयमा गरिएको छ ।
१९ जनाले छुरा र बक्स काट्ने धारिलो हतियारको भरमा ४ जेट विमान अपहरण गरेका थिए । दुईवटा जुम्ल्याहा भवनमा ठोक्काइदिएका थिए । एउटा पेन्टागनमा दुर्घटनाग्रस्त भएको थियो । अर्को विमान मैदान मा दुर्घटना भएको थियो । झण्डै ३ हजार मानिस मारिएका थिए ।
सम्पादकीयमा ११ सेप्टेम्बरको आतंकवादी हमलालाई शताब्दीकै महाअपराध भनिएको छ । सन् २००१ का आतंकवादी हमलापछि अमेरिकाले युद्धमा ठूलो धनराशी खर्चिएको ब्राउन् युनिभर्सिटीले तथ्यांक निकालेको छ ।
उक्त हमलापछि सम्बन्धित युद्धहरुमा ९ लाख ३० हजारको मृत्यु भएको छ । अमेरिकी सरकारले आतंकवादविरुद्धको लडाईंमा ८५ देशमा ९० खर्ब डलर खर्चिएको छ ।
क्युबाको ग्लानटेनामो टापुमा ७८० आतंकवादीलाई नियन्त्रणमा लिएर राखियो । सम्पादकीयमा सेम्टेम्बर ११ को आतंकवादी हमलापछि पनि अतिवादी आतंकवादीको खतरा कायमै रहेको उल्लेख छ ।