Logo

एकीकृत समाजवादीमा नेताको जिम्मेवारी बाँडफाँड



काठमाडौं, भदौ २१। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले नेताको जिम्मेवारी बाँडफाँड गरेको छ । एकीकृत समाजवादी पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन–१ मा नेताको जिम्मेवारी बाँडफाँड गरिएको उल्लेख गरिएको छ ।

पार्टीले सात सदस्यीय स्थायी कमिटी गठन गरेको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएर नेकपा बनेपछि स्थायी कमिटीमा रहेका नेता एकीकृत समाजवादी पार्टीको स्थायी कमिटीमा राखिएको छ । स्थायी कमिटीमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, डा। बेदुराम भुसाल र प्रमेश हमाल स्थायी कमिटी सदस्य रहेका छन् ।

यस्तै पार्टीको दैनिक कार्य सम्पादन गर्नका लागि डा। बेदुराम भुसालको संयोजकत्वमा सचिवालय गठन भएको छ । सचिवालयको सदस्यमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा। गंगालाल तुलाधर, डा। विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ रहेका छन् । पार्टीको प्रचार विभाग प्रमुख एवं प्रवक्तामा जगन्नाथ खतिवडा चयन भएका छन् ।

यसैगरी पार्टी केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी डा।गंगालाल तुलाधरलाई दिइएको छ । एकीकृत समाजवादी पार्टीले प्रदेशको पार्टी कामलाई संयोजन गर्नका लागि प्रदेश इन्चार्ज समेत तोकेको छ ।

प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बाग्मती प्रदेशमा केदार न्यौपाने गण्डकी प्रदेशमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशमा भागवत विश्वासी, कर्णाली प्रदेशमा प्रकाश ज्वालालाई प्रदेश इन्चार्ज तोकिएको छ । सुदूरपश्चिम प्रदेशको इन्चार्जपछि तय गरिने अध्यक्ष नेपालद्वारा जारी अपानीमा उल्लेख गरिएको छ ।

यस्तै उपत्यका विशेष प्रदेश कमिटीको इन्चार्जमा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेश कमिटीको इन्चार्जमा विजय गुरुङ, मोर्चा इन्चार्जमा डा। विजय पौडेल चयन भएका छन् ।

प्रवास क्षेत्रको इन्चार्जमा श्रीप्रसाद शाह, अदालत र निर्वाचन आयोगसम्बन्धी काम हेर्ने जिम्मेवारीमा राजेन्द्र पाण्डे, विजय पौडेल र रामकुमारी झाँक्रीलाई तथा संसदीय कामको जिम्मेवारीमा विरोध खतिवडा, कल्याणी खड्का, जीवनराम श्रेष्ठ र ठगेन्द्र पुरीलाई जिम्मेवारी दिइएको छ ।

यसैगरी अपानीमा राजनीतिक प्रतिवेदनलगायतका दस्तावेजको मस्यौदा गर्नका लागि वरिष्ठ नेता झलनाथ खनालको संयोजकतत्वमा मस्यौदा समिति गठन भएको छ । निकट भविष्यमा आयोजना गरिने पार्टीको राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनलगायतका दस्तावेज मस्यौदा दस्तावेज मस्यौदा कमिटी गठन गरिएको छ ।

समितिको सदस्यमा डा बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा गंगालाल तुलाधर, डा विजय पौडेल, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, सावित्रा भुसाल, रामकुमारी झाँक्री, राजेन्द्र राई र गणेश विक रहेका छन् । यसै समितिले तयार गरेको दस्तावेजअनुसार निर्वाचन आयोगमा पेस गरिएका दस्तावेज समेत परिमार्जन गर्ने काम गरिनेछ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्