एजेन्सी, २१ भदौ । तालिवानले अफगानिस्तानको पञ्चशीर प्रान्त कब्जा गरेको दाबीलाई नेश्नल रेसिस्टेन्ट फ्रन्ट(एनआरएफ)ले खण्डन गरेको छ । एनआरएफले त्यस क्षेत्रमा लडाई जारी रहेको बताएको छ । उक्त विषयलाई एनआरएफले सामाजिक सञ्जालमार्फत जानकारी गरेको हो ।
एनआरएफको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘पञ्जवशिरमाथि तालिवानले कब्जा गरेको दाबी गलत हो । पञ्जशिरको विभिन्न स्थानमा हामीले आफ्नो फोर्स खडा गरेको छौँ । अफगानी नागरिकको न्यान र स्वतन्त्रताका लागि हाम्रो लडाई जारी रह्ने छ ।’ तालिवानले आज पत्रकार सम्मेलनको आयोजना गरेरे पञ्जशिरमाथि नियन्त्रण गरेको औपचारिक घोषणा गरेको थियो । तर, उक्त विषयलाई एनआरएफले खण्डन गरेको छ ।
❌Taliban’s claim of occupying Panjshir is false. The NRF forces are present in all strategic positions across the valley to continue the fight. We assure the ppl of Afghanistan that the struggle against the Taliban & their partners will continue until justice & freedom prevails. pic.twitter.com/BCxoWtLY9b
— NATIONAL RESISTANCE FRONT🛡️ (@NRFmojahed) September 6, 2021