काठमाडौं, २१ भदौ । काठमाडौंमा आगामी असोज १ गतेदेखि विद्यालय सञ्चालनको लागि अनुमति दिएको छ । यसअघि कोभिडको कारण भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न प्रशासनले रोक लगाएको थियो । तर, सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकले स्थानीय तहमा कोरोना संक्रमण र जोखिमको अवस्थाबारे जानकारी लिने र त्यस आधारमा विद्यालय खुलाउन अनुमति दिने निर्णय गरेको हो ।
तर, प्रशासनले विद्यालय खोल्नुअघि यही भदौ मसान्तसम्म स्थानीय तहका शिक्षा शाखाले कोभिड–१९ संक्रमणको अवस्था, शिक्षक(कर्मचारीले खोप लगाए नलाएको विवरण र विद्यालय सञ्चालनको ढाँचा पेश गर्न भनेको छ ।