काठमाडौं, २२ भदौ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच “सामुदायिक अंकपत्र तालिम निर्देशिका” विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
UKaid को आर्थिक सहयोग तथा इन्टरनेशनल अलर्ट संस्था लगायत अन्य सहजकर्तासँगको सहकार्य र समन्वयमा नेपाल प्रहरीको समुदाय(प्रहरी साझेदारी कार्यक्रमलाई थप सवल र वैज्ञानिक बनाउन तयार गरिएको उक्त निर्देशिका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राई, UKaid का Development Director, Nathanael Bevan, प्रहरी अतिरिक्त महानिरीक्षकहरु डा.आशा सिंह, हरि बहादुर पाल, निरज बहादुर शाही, प्रद्युम्न कुमार कार्की र सहकुल बहादुर थापा, इन्टरनेशनल अलर्टका राष्ट्रिय निर्देशक रविना श्रेष्ठले संयुक्त रुपमा विमोचन गरेका हुन्।
सेवा प्रदायकले सेवा दिएर मात्र होइन, प्राप्त गर्नेले पाएको महसुस गर्नु अहम कुरा भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भने, “सेवा प्रदायकले कस्तो सेवा प्रदान गर्यो र सेवा प्राप्त गर्नेले पाएको सेवामा कत्तिको गुणस्तरीयता पाए रु अंकपत्रले सेवा प्रवाहको स्तरलाई कसरी मूयाङकन गर्ने भन्ने विषयलाई वस्तुपरक र मापन योग्य प्रणालीमा ढाल्न सहयोग पुग्ने तथा समग्रमा हाम्रो सेवा विस्तार र प्रवाहको स्तर कस्तो रहेछ भनेर प्रतिबिम्बित हुने औजारको रुपमा यो अंकपत्र रहने विश्वास लिएको छु ।” साथै अंकपत्रको सफल कार्यान्वयनसँगै सेवा प्रदायकको तर्फबाट उत्कृष्ट अंक हासिल गर्नेतर्फ सबै प्रहरी कर्मचारीहरु सधै तत्पर रहने उनले बताए ।
घटनाहरुको प्रभावकारी अनुसन्धान र समाजमा शान्ति सुरक्षा कायम गरी भयरहित समाजको निर्माण गर्ने सोचका साथ समुदाय(प्रहरी साझेदारीको अवधारणा ल्याईएको चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले यसको प्रभावकारी समन्वय र सहकार्यबाट स्थानीय विकास, सेवा प्रवाह र सुरक्षालाई एकिकृत रुपमा अगाडि बढाउने उद्देश्यले कार्यक्रम निर्माण गरी अभियानकै साथ निरन्तर रुपमा संचालन गरिएको बताए ।
प्रहरीलाई समुदायबाट सकारात्मक तथा रचनात्मक सहयोगको अपेक्षा सहित समुदाय सँगैको संस्थागत एवम् दिगो सहकार्यमा जोड दिएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरीबाट प्रवाह हुने सेवालाई पारदर्शी, सुशासन युक्त तथा नागरिकमैत्री बनाई सुरक्षित र भयरहित समाजको निर्माण प्रहरीको चासोको विषय रहेको बताए ।