Logo

कांग्रेस–एमालेबीच मुलुकलाई चुनावमा लैजानेबारे छलफल सुरु, चुनावी सरकारको नेतृत्व देउवाले नै गर्ने !



काठमाडौं, २२ भदौ । नेपाली कांग्रेसका र नेकपा (एमाले) बीच मुलुकलाई चुनावमा लैजानेगरि नयाँ शिराबाट छलफल भएको छ । स्रोतकाअनुसार पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमालेका नेताहरुसँग सम्बन्ध सुधारको प्रयास थालेका छन् । उनले आफ्ना विश्वासिला नेता ज्ञानेन्द्र बहादुर कार्कीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न ओली निवास बालकोटमा पठाएका थिए ।

पछिल्लो समय सत्तापक्षीय गठबन्धनमा खटपट सुरु भएको छ । खासगरी मन्त्रालय भागबण्डालाई लिएर सत्तापक्षीय गठबन्धनमा खटपट सुरु भएको बुझिएको छ । अमेरिकी सहयोग सम्झौता एमसीसीलाई संसद्बाट अनुमोदन गर्ने सवालमा पनि प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच भद्र सहमति रहेको चर्चा भैरहेको छ । तर, यसबारेमा ओलीले भने अहिलेसम्म सार्वजनिक रुपमा एमसीसी पारित गर्नेबारे कुनै अभिव्यक्ति दिएका छैनन् ।

बरु, एमसीसी के हुन्छ ? भन्दै सत्तापक्षीय गठबन्धनमा आवद्ध दलका नेताहरुलाई उनले प्रश्न गरिरहेका छन् । गठबन्धन सही ढंगले चल्न नसकेको अनुभव गरेका देउवाले एमालेको साथ लिएर मुलुकलाई आगामी मंसिरपछि चुनावमा लैजाने तयारी गरेको पनि गाईँगुईँपनि चलिरहेको छ । अहिले एमाले र कांग्रेस दुवै पक्षका दोस्रो तहका नेताहरुबीच यसबारेमा छलफल अघि बढेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री देउवाले चुनावमा मुलुकलाई अघि बढाए त्यसमा ओलीले पनि साथ दिने तयारी बुझिएको छ । एमालेका प्रभावशाली नेता शेरधन राईले पनि चुनावमा मुलुकलाई लैजाने प्रस्ताव आए आफ्नो पार्टीले स्वागत गर्ने प्रतिक्रिया दिएका छन् । बरु, चुनावी सरकार कांग्रेस–एमालेको बनाउन सकिने र सरकारको नेतृत्वपनि कांग्रेसले नै गर्दा पनि कुनै आपत्ति नहुने राईको भनार्य छ । file photo



प्रतिक्रिया दिनुहोस्