काठमाडौं, २२ भदौ । नेपाल विज्ञापन संघ (आन)ले मुक्तिनाथ विकास बैंकसँग आइतबार सम्झौता गरेको छ । आनका सदस्य एजेन्सीहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता गरेको हो । सम्झौतापत्रमा आनका तर्फबाट अध्यक्ष सोमप्रसाद धिताल र बैंकका तर्फबाट अध्यक्ष प्रध्युमन पोखरेलले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार बैंकले आनका सदस्य संस्थाहरूलाई दुई वर्षका लागि १५ लाख रुपैयाँसम्म बिना धितो कर्जा प्रवाह गर्नेछ । आनका हाल डेढसयबढी विज्ञापन एजेन्सीहरू सक्रिय सदस्य छन् भने झण्डै सात सय एजेन्सीहरू सम्बन्धित रहेर व्यवसाय गर्दै आएका छन् ।
हस्ताक्षर कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोखरेलले आजको सहकार्यले विज्ञापन व्यवसायीको आर्थिक रुपान्तरणमा बैंक सहयोगी बन्ने अवसर मिलेको बताए । त्यस्तै आनका अध्यक्ष धितालले यो सहकार्य विज्ञापन व्यवसायी र बैंकको हितका लागि पनि सहयोगी हुने बताए ।
३