काठमाडौं, भदौ २३ । आउँदै गरेका चाडबाडलाई ध्यान दिँदै सरकारले विभिन्न निर्णय गरेको छ । त्यस्ता निर्णयमा सुपथ मूल्यमा पसल सञ्चालन, अनुगमन, यात्रु व्यवस्थापन र बिक्रेतालाई खोप दिनेसम्मका छन । दशैँ, तिहार, छठ जस्ता चाडपर्व नजिकिँदै गर्दा सरकारले त्यस्तो पहल थालेको हो ।
मुख्यसचिवको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदरको कार्यालयमा बसेकोे बैठकले सार्वजनिक यातायातको भाडादर, यात्रुसिट क्षमताका आधारमा अनलाइन टिकेटिङ र कोभिडसम्बन्धी स्वास्थ्य मापदण्डको पालना गरी सहज यात्रा व्यवस्थापनलगायतका कार्यहरू भौतिक र पूर्वाधार, यातायात मन्त्रालय र गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीमार्फत मिलाउने निर्णय गरेको छ । साथै स्वास्थ्य तथा जनसङरख्या मन्त्रालयले खुद्रा तहका व्यवसायीहरूलाई खोप लगाउने प्राथमिकतामा दिनेसम्मका निर्णय गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, दुग्ध विकास संस्थान, साल्ट टे«डिङ कर्पोरेसनसहितको बैठकले आगामी असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।
वाणिज्य मन्त्रालयका सचिव दिनेश भटरटराईले चाडपर्वमा सुपथ पसलमार्फत चिनी, नुन, चामल, गेडागुडी र खसीबोकामा उपभोक्तालाई छुट दिइने जानकारी दिए । मन्त्रालयका अनुसार चिनीमा प्रतिकेजी पाँच, नुनमा प्रति केजी दुई, चामलमा प्रतिकेजी पाँच, गेडागुडी र खसीबोका जिउँदोको प्रतिकेजी १० रुपियाँ छुट दिइनेछ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत छुटमा सामान बिक्री गरिनेछ । सुपथ मूल्य पसलमा दुई कम्पनीले आफ्ना व्यापारिक वस्तु बिक्री गर्ने छनर । यस्तै दुग्ध विकास संस्थान (डीडीसी)ले पनि घिउ, पनिरलगायतका उत्पादन सुपथ पसलमा राख्ने तयारी गरेको छ । दशैँमा अत्यावश्यक वस्तुमा छुट दिन मन्त्रालयले खाद्य कम्पनीलाई एक करोड ७५ लाख र साल्टट्रेडिङलाई एक करोड ५० लाख रुपियाँ छुटरयाएको छ ।