Logo

मुख्यमन्त्री शाक्यले मन्त्रिपरिषद् विस्तार गरिन्, नवनियुक्त १० मन्त्रीको आजै सपथ



काठमाडौं, २३ भदौ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । उनले आज १० सांसदलाई मन्त्री बनाएकी हुन् । एमाले विभाजन भएपछि मुख्यमन्त्री शाक्यको पद धरापमा छन् । उनले बहुमत गुमाईसकेकी छिन् ।

तर, उनले नेकपा (एकीकृत समाजवादी) का सांसदलाई समेटेर आज मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । मुख्यमन्त्री शाक्यनिकट स्रोतकाअनुसार नवनियुक्त मन्त्रीहरूको सपथ आजै अपरान्ह तय भएको छ । file photo

यी हुन आज मन्त्री बनेकाहरु :

१.रचना खड्का, दोलखा

२. बद्री मैनाली, नुवाकोट

३. अजय क्रान्ति शाक्य, काठमाडौं

४. शान्तिप्रसाद पौडेल, रामेछाप

५. प्रदीप कटुवाल, सिन्धुली

६. विजय सुवेदी, चितवन

७. सरस्वती बाटी, भक्तपुर

८. चन्द्र लामा, काभ्रेपलान्चोक

९. जुनेली श्रेष्ठ, मकवानपुर

१०. जीवन खड्का, ललितपुर



प्रतिक्रिया दिनुहोस्