काठमाडौं, २३ भदौ । बैठकले एमाले प्रदेश कमिटीको अध्यक्षमा लीला गिरी, उपाध्यक्षमा खेमबहादुर खड्का, सचिवमा भूमिश्वर ढकाल, उपसचिवमा दुर्गा थारु र प्रदेश कार्यालय सचिवमा बलराम अधिकारीलाई चयन गरेको छ ।
यस्तै १० बुँदे कार्यान्वयनअन्तर्गत प्रदेशका १२ वटै जिल्लामा नेतृत्व चयन गरिएको छ । बर्दिया अध्यक्षमा लालबहादुर श्रेष्ठ, उपाध्यक्षमा शालिकराम अधिकारी, सचिवमा पदम ढकाल र सहसचिवमा नुतन चौधरी चयन भएका हुन् । बाँके अध्यक्षमा निरक गुरुङ, उपाध्यक्षमा किस्मत कक्षपती, सचिवमा रत्न खत्री, सहसचिवमा प्रमोद धिताल, दाङको जिल्ला अध्यक्षमा टीकाराम खड्का, उपाध्यक्षमा हुकम बस्नेत, सचिवमा मनोहर बुढाथोकी र सहसचिवमा कृष्ण भुसाललाई चयन गरिएको छ ।
यसैगरी रोल्पा अध्यक्षमा बालाराम बुढा, उपाध्यक्षमा विजय घर्ती, सचिवमा निमप्रसाद रोका र उपसचिवमा राजेन्द्र बुढाथोकी, रुकुमपूर्वको अध्यक्षमा टोपबहादुर वली, उपाध्यक्षमा रुजिधन घर्तीमगर, सचिवमा लीलामणि गौतम, उपसचिवमा तेजेन्द्र बुढामगर, प्यूठान अध्यक्षमा तुलसी शर्मा, उपाध्यक्षमा हुकुम खडका, सचिवमा मोहन जिसी, अर्घाखाँची अध्यक्षमा चेतनारायण आचार्य, उपाध्यक्षमा जीवनारायण कोइराला, सचिवमा तोजबहादुर रायमाझी, उपसचिवमा प्रेम गैरे, गुल्मी अध्यक्षमा मधुकृष्ण पन्त, उपाध्यक्षमा बालसिंह काउछा, सचिवमा सोमप्रसाद सापकोटा र उपसचिवमा धर्म विक चयन भएका हुन् ।
यस्तै पाल्पा अध्यक्षमा नारायण आचार्य, उपाध्यक्षमा मोहन थापा, सचिवमा ओमबहादुर घर्ती, उपसचिवमा कमल पाण्डे, कपिलवस्तुको अध्यक्षमा झविलाल पोखरेल, उपाध्यक्षमा बाबुराम खनाल, सचिवमा वावुराम आचार्य, उपसचिवमा विश्राम चौधरी, पश्चिम नवलपरासीको अध्यक्षमा तुलसी पासी, उपाध्यक्षमा डोलराज भण्डारी, सचिवमा थानप्रसाद गैरे, उपसचिवमा राजन आचार्य र रुपन्देहीको अध्यक्षमा शिवराज सुवेदी, उपाध्यक्षमा पुरुषोत्तम घिमिरे, सचिवमा जागेश्वरी चौधरी र सहसचिवमा गोपाल रानालाई चयन गरिएको छ ।