Logo

प्रधानमन्त्री देउवालाई धनराज गुरुङले भने : पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवलाई तुरुन्त हटाउनुहोस



काठमाडौं, २३ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सभासद धनराज गुरुङले पशुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्य सचिवलाई तत्काल हटाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत गुरुङले यस्तो बताएका हुन् ।

उनले नवनियुक्त सदस्य सचिवलाई भ्रष्टको संज्ञा पनि दिएका छन् । उनले लेखेका छन्-” सम्माननीय @PM_nepal_  ज्यु! पशुपतिनाथमा चढाएको सुनको जलहरी काण्डमा मुछिएर अख्तियारले अनुसन्धानको दायरामा राखेको पशुपति क्षेत्र विकास कोषको निवर्तमान कोषाध्यक्षलाई सदस्य सचिवमा पदोन्नति नियुक्ति गर्नु गलत। नव नियुक्त सदस्य सचिवलाई तुरुन्त हटाउनुस्। भ्रष्टहरुलाई जिम्मेवारी नदिनुस् ।” file photo



प्रतिक्रिया दिनुहोस्