Logo

एमसीसीले अर्थमन्त्रीलाई जवाफ पठाएपछि भीम रावलको यस्तो आयो टिप्पणी



काठमाडौं, २३ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले एमसीसी जनतालाई झुक्याएर संसद्बाट अनुमोदन गराउने षड्यन्त्र भएको बताएका छन् । एमसीसीले आज अर्थमन्त्री जनार्दन शर्मालाई पत्र पठाएपछि रावलले यस्तो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्-“नेपाल सरकारले एमसीसीलाई र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्रहरू पढियो। यी दुबै पत्रहरू जनतालाई झुक्याएर सम्झौता संसदबाट अनुमोदन गराउने षडयन्त्रकै उपज हुन्।यी दुबै पत्रले नेपालको सार्वभौमिकता,स्वाधीनता,सुरक्षा, हित,संविधान र कानून विपरीत सम्झौतामा रहेका प्रावधानलाई संशोधन गर्दैन।”



प्रतिक्रिया दिनुहोस्