Logo

पेन्टागनका प्रमुखले भने– अफगानिस्तानमा अल–कायदाको पुनः आगमन हुनसक्छ



एजेन्सी, २४ भदौ । अमेरिकी रक्षा सचिव ल्योड अस्टिनले अफगानिस्तानमा अल–कायदाको पुनः आगमन हुनसक्ने बताएका छन् । उनले बिहीबार अल–कायदाले अफगानिस्तानलाई बेसको रुपमा प्रयोग गर्न सक्ने बताएका हुन् ।

अमेरिकी जुम्ल्याहा भवन भत्काउँदा अल–कायदाले अफगानिस्तानलाई बेस बनाएको कारण पुनः अफ्नो गतिविधिलाई तिव्र पार्न बेस बनाउने संकेत रक्षा सचिवले दिएका छन् । उनको भनाईलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ,‘अल–कायदा जस्ता संगठनको यो नेचर हो । अमेरिका अल–कायदाविरुद्धको गतिविधिलाई मध्यनजर गर्ने र सतर्क रहने छ ।’-Photo: Agency



प्रतिक्रिया दिनुहोस्