काठमाडौं, २५ भदौ । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकलाई ग्रोडेलीमा विशेष छुट दिइने भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल र ग्रोडेलीबीच सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्तालाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
नेपालमा उत्पादित किराना सामाग्रीहरुको प्रबद्र्धनका लागि स्थापित ग्रोडेलीसँगको यस सहकार्य पश्चात् सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरूले ग्रोडेली मार्फत अनलाइन अर्डर गरी क्यूआर मार्फत भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्नसक्न जनाएको छ ।
बैंकको अनुसार हालसम्म सिटिजन्स बैंकले आफ्नो मोबाइल बैकिङ्गमा दर्ता नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निः शुल्क मोबाइल बैकिङ्गमा दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ । मोबाइल बैकिङ्ग मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, डेबिट कार्डको लागी आवेदन र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था बैंकले जनाएको छ ।
बैंकले कूल १८३ वटा शाखा, ११७ वटा एटीएम र १११ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।