काठमाडौं, २५ भदौ । गोर्खाज फाइनान्स लिमिटेडले २६औं वार्षिक सधारण सभा असोज १८ गते गर्ने भएको छ । कम्पनीले सभा बिहान भौतिक उपस्थिति तथा भर्चुअल माध्यमबाट होटल क्राउन इम्पेरियल सोल्टीमोडमा गर्ने भएको हो ।
कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बोलाउने निर्णय गरेको हो । साधारण सभा विशेषकारण बस सभा स्थगित गरिएको कम्पनीले बताएको छ ।
सभाले प्रबन्धपत्र, नियमावली सम्बन्धमा नियमनकारी निकायबाट आवश्यक हेरफेर गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने जनाइएको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका असोज १० गतेदेखि १८ गतेसम्म बन्द रहने छ । यस आधारमा असोज ७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।