Logo

१ करोडद्वारा पुरस्कृत गरिने ‘द हल्ट प्राइज’ कार्यक्रम आयोजना हुँदै



काठमाडौं, २५ भदौ । अघिल्लो वर्षको सफलतापछि यस वर्षपनि ब्रिटिश कलेजमा ‘द हल्ट प्राइज’ कार्यक्रम आयोजना गरिने भएको छ । बिपुल प्रधान यस वर्षको क्याम्पस निर्देशकको रुपमा चुनिएका छन। हल्ट इन्टरनेशनल बिजनेस स्कूल र संयुक्त राष्ट्रसंघको एक सहयोगी पहल हो जुन २०१६ देखि नेपालमा चलिरहेको छ।

प्रत्येक वर्ष हल्ट प्राइज टोलीले एउटा चुनौती जारी गर्दछ । जुन १२१ भन्दा बढी देशहरूमा क्याम्पस निर्देशकहरूमार्फत विश्वभरका सबै क्याम्पस र विश्वविद्यालयहरूमा व्यापक रूपमा कार्यक्रम संचालन गरिन्छ। यो अवधारणा संयुक्त राष्ट्रसंघको दिगो विकासको उद्देश्यमा समृद्धि र विकास तिर प्रगति को लागि आधारित छ। यस बर्ष हल्ट प्राइजले सन् २०२४ सम्ममा २००० जनालाई रोजगारी सिर्जना गर्नुपर्ने कार्यक्रम ल्याउन चुनौती पेश गरेको ।

अघिल्लो वर्षझैँ हल्ट प्राइजमा सहभागी हुनलाई आहवान हुनेछ र आवेदन पेश भएपछि उक्त टोलीलाई हल्ट प्राइज बारे शिक्षित गरिने छ। विभिन्न कार्यक्रम गर्दै हल्ट प्राइज सम्पन्न हुने छ र उक्त कार्यक्रममा उत्कृष्ट हुने टोली कलेज बिजेता हुदै अर्को चरण मा प्रवेश गर्ने छन। उक्त कार्यक्रमको निर्णायक मण्डलमा नेपालको उत्कृष्ट व्यक्तितोको सहभागी हुनेछ । विभिन्न चरण पार गर्दै उत्कृष्ट हुने टोलीलाई हल्ट प्राइजद्वारा रु १ करोडद्वारा पुरस्कृत गरिने छ। उक्त रकमबाट विजेता टोलीले आफ्नो स्टार्टअप सुरु गर्दै आफुले तयार परेको कार्यक्रम संचालन गर्न सकिने जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्