Logo

तालिबानले अफगानिस्तानका पूर्व–उपराष्ट्रपतिका भाइको पहिला घाँटी रेटे अनि गोली बर्षाए



काठमाडौं, भदौ २६ । अफगानिस्तानका पूर्व उप–राष्ट्रपति अमरूल्लाह सालेहका भाइ रोहुल्ला अजिजीको तालिबानले हत्या गरेको सालेहको परिवारले आरोप लगाएको छ।

सालेहका भतिजले समाचार एजेन्सी रोयटर्सलाई पठाएको सन्देशमा लेखेका छन्– ‘उनीहरूने आज उहाँको हत्या गरिदीए। हामीले उहाँको अन्तिम संस्कार गर्नका लागि शव माग्दा उनीहरू भन्छन्– उनको शव सड्नुपर्छ।’

तालिबान सूचना सेवाको उर्दू भाषामा जारी गरिएको विज्ञप्ति अनुसार पंजशीरमा हमलामा रोहुल्ला सालेहको मृत्यु भएको हो।



प्रतिक्रिया दिनुहोस्