काठमाडौं, भदौ २७ । संखुवासभाको मादी हत्याकाण्डमा संलग्न अभियुक्तलाई प्रहरीले आज सार्वजनिक गर्दै छ । इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरेर प्रहरीले हत्याका आरोपी लोक बहादुर कार्कीलाई आज र्वजनिक गर्ने तयारी गरेको छ ।
हाल अभियुक्त कार्कीलाई प्रहरीले चैनपुर ल्याइसकेको छ । संखु्वासभाका डीएसपी लालध्वज सुवेदीले पत्रकार सम्मेलन मार्फत हत्यारा सहित घटना विवरण सार्वजनिक गर्ने वताएका छन् । मादी नगरपालिका–१ उमलिङमा गत सोमवार बिहान एकै परिवारका ६ जनाको हत्या भएको थियो ।
हत्यामा संलग्न भएको आरोपमा प्रहरीले शनिवार बिहान अभियुक्त लोक बहादुर कार्कीलाई पक्राउ गरेको थियो । अभियुक्त कार्कीले ६ जनालाई नै आफुले हत्या गरेको स्विकारेका छन । उनी मृतकका परिवारका नाती पर्छन ।
पछिल्लो समय उनी प्रहरी अनुसन्धान टोलीलाई खाना पकाउन सघाइरहेका थिए। उनले उक्त घटना आफूले पहिले देखेको भन्दै त्यसको प्रकृतिबारे युट्युवरलाई अन्तर्रवार्ता समेत दिदै आएका थिए ।