Logo

१५ मिनेट स्थगित् भएर सुरु भएको प्रतिनिधिसभाको दोस्रो बैठकमा एमाले सांसदहरुको नाराबाजी सुरु (भिडिओसहित)



काठमाडौं, २७ भदौ । प्रतनिधिसभाको दोस्रो बैठकमा पनि एमालेले अवरोध कायम रहेको छ । बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरुले राष्ट्रमनजिक पुगेर नाराबाजी गरेका हुन् । उनीहरुले संसदीय मर्यादा कायम गर्नुपर्ने, गैरसांसदलाई संसद्मा प्रवेश निषेध गर, पार्टी फुटाउने सरकार मुर्दावाद लगायतका नारा लगाएका थिए ।

यसअघि पहिलो बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गरेका थिए । एमालेले अवरोध कायम राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेट स्थगित् गरेका थिए । त्यसपछि सभामुख संसद् अवरोध खुलाउनको लागि एमाले सांसदहरुसँग छलफलमा समेत बसेका थिए ।



प्रतिक्रिया दिनुहोस्