Logo

मञ्जुश्री फाइनान्सको एकैदिन ४ नयाँ शाखा विस्तार



काठमाडौं, २८ भदौ । मञ्जुश्री फाइनान्स कम्पनीले एकैपटक ४ नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले विभिन्न स्थानमा आफ्नो बाह्रौं, तेह्रौं, चौधौ र पन्ध्रौ शाखा विस्तार गरेको हो ।

रुपन्देही जिल्लाको मुर्गिया, योगिकुटि, मणिग्राम र भैरहवाबाट कम्पनीले कारोबार सुरु गरेको हो । कम्पनीका अध्यक्ष र सञ्चालक समिति सदस्यहरुले उक्त शाखा कार्यालयहरुको उद्घाटन गरेका हुन् ।

काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको कम्पनीले यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान,पोखरा र विरगञ्जमा शाखा सञ्चालनमा ल्याइसकेको छ ।

कम्पनीले विप्रेषण, मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटिएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्