काठमाडौं, ३१ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले आफूले माधव नेपाल नेतृत्वको पार्टीको विधान मस्यौदा तयार पारेको भनेर बाहिर भएको हल्लामा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । डोटीमा नेता तथा कार्यकर्ताहरुसँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।
उनले आफू कहिल्यैपनि पार्टी विभाजनको पक्षमा नरहेको भन्दै बरु एकताको लागि अधिकतम प्रयास गरेको स्मरण गराए । उनले आफूले व्यक्तिगत स्वार्थ तथा पदका लागि राजनीति नगरेको पनि स्पष्ट पारे ।
आफूले पार्टी फुटाउन कहिल्यैपनि जोड नदिएको बरु एकता जोगाउनको लागि धेरै पहल गरेको रावलको भनाई छ । रावलले १० बुँदे सहमति कार्यान्वयन हुनेपनि बताएका छन् । पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीले दश बुँदे सहमति पालना नगरेको चर्चा चलिरहेको बेला रावलले भने १० बुँदे सहमति पालना हुने विश्वास व्यक्त गरेका छन् । file photo