Logo

‘अफगानिस्तानमा अमेरिकाले पाकिस्तानलाई भाडाको बन्दूक झैँ प्रयोग गर्यो’



एजेन्सी, ३१ भदौ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानलाई अमेरिकाले अफगानिस्तान मामलामा भाडाको बन्दूक झैँ प्रयोग गरेको बताएका छन् । खानले बुधबार सीएनएनसँगको अन्तर्वार्तामा आफ्नो मुलकलाई अमेरिकाले भाडाको बन्दूक झैँ प्रयोग गरको बताएका हनु् ।

उनले अन्तरवार्ताको क्रममा भनेको विषयलाई सञ्चारमाध्यम इन्डियन इक्सप्रेसले लेखेको छ,‘तालिवानले अफगानिस्तान कब्जा गरेपछि त्यहाँको स्थायित्व र शान्तिको चाहना राखेका छौँ । तालिवानले कब्जा गरेपछि मैलै अमेरिकी राष्ट्रपति जो बाइडेनसित कुराकानी गरेका छैन् । हामीलाई अमेरिकाले भाडाको बन्दूक झैँ प्रयोग गर्यो ।’ अमेरिकी राष्ट्रपति जो बाइडेन तत्काल निकै व्यस्त भएको भन्दै पाकिस्तान र अमेरिकाको सम्बन्ध फोनमा मात्र सिमित नरहेको बताए । उनले भने,‘ पाकिस्तान र अमेरिकाको सम्बन्ध द्विपक्षीय छ ।’ पाकिस्तान सदैव अफगानिस्तानको भलाई चाहेको र अफगानिस्तान उकास्न प्रयासरत रहेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्