Logo

कम्युनिष्टहरु असफल हुँदा काँग्रेसले सरकारको नेतृत्व गर्ने अबसर पाएको होः नेता सिंह



काठमाडौं, २ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले गठबन्धन भित्र रहेका केही दल भित्रको आन्तरिक ब्यवस्थापनको अलमलले मन्त्रीपरिषद विस्तारमा ढिलाई भएको बताएका छन् । आज गणेशमान सिहको २५औं स्मृति दिवसको अवसरमा गणेशमान सिंह फाउन्डेसनले शोभा भगवतीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिहले उक्त कुरा बताएका हुन् । कार्यक्रममा नेता सिंहले गठबन्धनमा भएका दलहरु विच कुरा नमिल्दा मन्त्रीपरिषद विस्तार हुनमा ढिलाई भएको भन्दै छिटै सरकारले पुर्णता पाउने बताए ।

साथै नेता सिंहले कम्युनिष्टहरुको दुई तिहाईको सरकारले जनताको मर्म र भावनामा लगातार प्रहार गरेको बताउँदै कम्युनिष्टहरुले संविधानको भावना र मर्म अनुसार काम गर्न नसकेकै कारण गठबन्धनको निर्माण भएको समेत बताए । उनले कम्युनिष्टहरु असफल हुँदा त्यसको प्रतिफल स्वरुप नेपाली काँग्रेसले सरकारको नेतृत्व गर्ने अबसर पाएको समेत जिकिर गरे ।

काँग्रेस नेतृत्वको सरकारले जनताको भावना अनुसार काम गर्नेमा विश्वास रहेको उनको भनाई थियो । त्यस्तै नेता सिंहले पार्टीको १४औं महाधिबेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताए । उनले पार्टी भित्र विवाद र अलोकतान्त्रिक गतिविधी बढीरहेको भन्दै विवाद भएका जिल्लामा विधीविधान अनुसार समधान गर्नु पर्नेमा जोड दिए ।

‘पार्टी भित्र विवाद र अलोकतान्त्रिक गतिविधी बढीरहेको छ ।’ उनले भने, ‘महाधिबेशन निष्पक्ष तवर गर्नु पर्दछ । विवाद भएका जिल्लामा विधीविधान अनुसार समधान गर्न सभापति लगायत सम्पूर्ण नेताहरु लाग्नु पर्दछ ।’

अर्को प्रसङ्गमा नेता सिंहल साझा उम्मेद्वारको सम्भावना अझै नसकिएको भन्दैे त्यसका लागी निरन्तर छलफल भईरहेको जानकारी दिए । तर आफु सभापतीको उम्मद्वार बाट पछि नहट्ने उनको भनाई छ ।

कार्यक्रममा उनले सर्वोच्च नेता गणेशमान सिंहले नेपालको राजनीतिमा पुर्याएको योगदानको स्मरण गरेका थिए । जस्तोसुकै अप्ठयारो परिस्थीतीमा पनि गणेशमान सिंहले नेपाली जनाताको सेवा गर्न नछोडेको उनले बताए । साथै काँग्रेस पार्टी मजबुत बनाउन गणेशमान सिंहको अमुल्य योगदान रहेको नेता सिंहको भनाई थियो । कार्यक्रममा पुर्ब मन्त्री राजेन्द्र कुमार केसी कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र राज पान्डे, किरण गिरी, कांग्रेस काठमाडौ सभापति सबुझ बानियाँ लगायत नेता कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्