काठमाडौं, ३ असोज । देशैभर आज संविधान दिवस मनाइँदैछ । सोहि अवसरमा सिके राउत नेतृत्वको जनमत पार्टीले ३ असोजलाई कालो दिवसको रूपमा मनाउँदैछ ।
जनमत पार्टी संविधान संशोधनको माग गर्दै आएको छ । संविधान संशोधन नभएसम्म विरोध जारी राख्ने पार्टीले जनाएको छ । पार्टीले संविधान दिवसको अवसरमा विभिन्न जिल्लाहरुमा विरोधका कार्यक्रम गर्न नेताहरूलाई पठाइएको महासचिव चन्दन सिंहले जानकारी दिएका छन् ।
उनका अनुसार पार्टीका अध्यक्ष सिके राउतलगायत शीर्ष नेताहरू विरोध कार्यक्रममा सम्भव भएसम्मका जिल्लाका कार्यक्रममा सहभागी हुने सिंहले बताए ।