Logo

नवनियुक्त परराष्ट्रमन्त्री डा. खड्काले लिए सपथ



काठमाडौं, ६ असोज । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले पद तथा गोपनियताको सपथ लिएका छन् । केहीबेर अघिमात्रै उनले राष्ट्रपतिको कार्यालय, शितलनिवासमा आयोजित विशेष समारोहको बीच राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका हुन् ।

उक्त समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए । खड्का आज विहानमात्रै परराष्ट्रमन्त्रीमा नियुक्त भएका हुन् । उनले अहिले केही बेरमा सिंहदरबारस्थित् परराष्ट्र मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ । उनी आजै राति संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्