काठमाडौं, ८ असोज । सानिमामाई हाइड्रोपावर लिमिटेडको दशौ साधारण सभा हुने भएको छ । कम्पनीको सभा कात्तिक ११ गते सुकेधारा काठमाडौंमा भर्चुअल माध्यमबाट हुने भएको हो ।
कम्पनीको सभाले ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तिय विवरणहरु पारित गर्नुका साथै १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव समेत पारित गर्ने जनाइएको छ ।
साथै नयाँ लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण समेत गर्ने भएको छ । सभाको लागि असोज १८ गते एकदिन बुक क्लोज गर्ने भएको छ । असोज १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।